मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघ्यो

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख २० हजार नाघेको छ ।

शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख २० हजार ५२९ भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १२ हजार ९१४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

भारतमा गत २४ घन्टामा ६० हजार ४३९ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८३५ जनाको मृत्यु भएको छ । भारतमा गत सेप्टेम्बर २८ बाट अक्टोबर १० सम्म अर्थात १३ दिनमा कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ । 

अझै पनि भारतभर ८ लाख ७ हजार १२६ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ५३ हजार ५४ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।  

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड २२ लाख ५४ हजार ९२७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसिएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख ५ हजार भन्दा बढीको मृत्यु भएको छ ,  । 

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९३ लाख ८५ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९५ लाख ८ हजार १४३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।

सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६५ लाख ९ हजार ८४३ जना सङ्क्रमणमुक्त भएका छन् । सिन्ह्वा