मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससको अस्टिनमा ग्यास स्टेसन लुट्पाट्मा एक नेपाली घाइते

टेक्ससको अस्टिनमा ग्यास स्टेसन लुट्पाट्मा एक नेपाली घाइते

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस टेक्ससको राजधानी सहर अस्टिनमा रहेको एक ग्यास स्टेसन (पेट्रोल-पम्प) मा रहेको स्टोरमा गत बुधवार भएको लुट्पाट्का क्रममा त्यहाँ कार्यरत एक जना नेपाली क्लर्क घाइते भएका छन्।

अनुहारमा कालो मास्क तथा रुमालले मुख ढाकेर आएका तीनजना लुटेराहरुले स्टोरबाट नगद लुट्ने क्रममा काउण्टरमा कार्यरत क्लर्कलाई समेत गोली प्रहार गरेर घाइते बनाएको अस्टिन प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।

अस्टिन प्रहरीले घटनामा संलग्न तिनै जनाको हुलिया सहितको विवरण र छोटो सर्विलेन्स भिडियो समेत आफ्नो फेसबुक र ट्वीटर पेजमा राखेको छ। र, संलग्नहरुको पहिचान र गिरफ्तारीका लागि समुदायको सहयोगको लागि अपील गरेको छ।

घटनामा घाइते नेपालीको हाल स्थानीय अस्पतालको सघन उपचार कक्षमा राखेर (आइसियू)उपचार भैरहेको जानकारी प्राप्त भएको छ।  अस्टिनका नेपाली समुदायका अगुवाहरु परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न लागि रहेको बताइएको छ।

घटनामा घाइते नेपालीको परिवार अस्टिनमै रहेको र परिवारले घटनाका बारेमा हाल कुनै  थप सूचना सार्वजनिक गर्न नचाहेकाले समुदायका तर्फबाट थप जानकारी संचार माध्यमहरुलाई दिन नसकिने अस्टिनस्थित एक नेपालीले हिमालय खबरलाई जानकारी गराएका छन्। 

तस्बिर/भिडियो: अस्टिन पुलिस डिपार्टमेण्टको फेसबुक पेजबाट