मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् ।  

अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको उनले बिहीबार जानकारी दिएका हुन् । कोरोनाभाइरसबाट सङ्क्रमित भई अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन् । 

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।   

उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् ।  

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।  

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिस्पर्धा हुन लागेको छ । उनीहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो । एपी