मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

राष्ट्रपतिका प्रतिस्पर्धीभन्दा उपराष्ट्रपतिका प्रतिस्पर्धीको बहस गुणस्तरीय

राष्ट्रपतिका प्रतिस्पर्धीभन्दा उपराष्ट्रपतिका प्रतिस्पर्धीको बहस गुणस्तरीय


वासिङ्टन । अमेरिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएका बहसमध्ये राष्ट्रपतिका उम्मेदवारभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरु बीचको बहस गुणस्तरीय देखिएको छ । 

अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्धय डोनाल्ड ट्रम्प र जोए बाइडेनका बीचमा गत हप्ता बहस भएको थियो भने उपराष्ट्रपतिका उम्मेदवारद्धय माइक पेन्स र कमला ह्यारिसका बीचमा बिहीबार बहस भएको थियो ।

राष्ट्रपतिका प्रतिस्पर्धीद्धयको बहसमा उनीहरुले एक अर्कालाई आरोप लगाउने, गालीगलौज गर्ने, तर्क र तथ्यांकभन्दा बढी जिद्दी गरेका थिए । तर, बिहीबारको उपराष्ट्रपतिका प्रतिस्पर्धीद्धयको बहसमा तुलनात्मक रुपमा भद्रता, शालिनता र तर्क तथा तथ्यांकहरुको प्रयोग बढी भएको पाइएको छ । 

दुई बहस हेर्दा राष्ट्रपतिका उम्मेदवारहरुभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरुको बहस बढी गुणस्तरीय भएको दर्शकहरुको टिप्पणी छ । 

अमेरिकामा उपराष्ट्रपतिको आगामी कार्यकालका लागि वर्तमान उपराष्ट्रपति पेन्सले रिपब्लीकनको तर्फबाट र ह्यारिसले डेमोक्र्याटिकको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् । ह्यारिस अस्वेत महिला पहिलो उपराष्ट्रपतिको उम्मेदवार हुन् । उनको आमा भारतीय मुलकी हुन् । 

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ ।