मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार ३४३९ जनामा कोरोना संक्रमण, ११२६ जना डिस्चार्ज, १५ जनाको मृत्यु

बुधबार ३४३९ जनामा कोरोना संक्रमण, ११२६ जना डिस्चार्ज, १५ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बुधबार ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ११२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६६ हजार ६६८ पुगेको छ । जुन कुल संक्रमितको ७२.८५ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १६८४ जना संक्रमित थपिएका छन् । काठमाडौँका १२९६, ललितपुरका २९३ र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३२ हजार ९०० पुगेको छ । जसमा काठमाडौँमा कुल २४ हजार ८१७, ललितपुरमा ३ हजार ८३६ र भक्तपुरमा २ हजार ६८० जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १४ हजार २०९ जनासहित हालसम्म ११ लाख १३ हजार ४८५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा र २५ हजार ७ जना आइसोलेसनमा रहेका छन् ।   

२५ हजार ७ जना सक्रिय सङ्क्रमितमध्ये १४ हजार ४११ जना होम आइसोलेसनमा र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २३३ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।