मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिप दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु

जिप दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु


काठमाडौँ । जाजरकोटको जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज  ९३५ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृति शाही, खिमबहादुर शाही, वडा नं ५ की मालिका बस्नेत, कृष्णबहादुर शाही र बुद्धिबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।  

दुर्घटनामा एक जना पानीमा बेपत्ता भएका छन् । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो ।  

जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप ओलभीरस्थित सडकबाट ७०० मिटर तल मजकोट खोलामा खसेको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्तकुमार पन्तले जानकारी दिए ।