
लन्डन । बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन् ।
तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ ।
यहाँ हरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ । यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ ।
केही समययतादेखि देखिएका यहाँका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ ।
लन्डनमा कोभिड १९ को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । तर पनि गएका केही हप्तादेखि यहाँ ठूलो संख्यामा संक्रमितहरु देखिएका छन् ।
बेलायतमा यो सङ्क्रमणको दोस्रो लहर आएको बताइएको छ । त्यसैले यहाँका कतिपय सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको बताइएको छ ।

एएनआई -
- प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
- भारतमा एक करोड छ लाखमा कोरोना संक्रमण
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- जाँदाजाँदै ट्रम्पले गरे ७३ जनाको सजाय माफ
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’
- सुडानमा जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो, हजारौँ नागरिक विस्थापित
प्रतिक्रिया