मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ


वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

उनका चिकित्सक डा।केभिन कोनरले सो कुराको जानकारी दिएका हुन् । उनले शुक्रबार जो बाइडेन र उहाँकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन् । 

डा केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्– बाइडेन र उहाँका श्रीमतीको पिसिआर परीक्षणमा उहाँहरु दुवै जनामा कोरोना भाइरसको संक्रमण देखिएन । डा।केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्– मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी लागेको छ ।

यसअघि गत बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उनलाई अस्पताल नै भर्ना गरिएको छ । उनलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उनका निजी चिकित्सकहरुले सुझाव दिएका छन् ।