मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोभिड-१९ संक्रमण

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोभिड-१९ संक्रमण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएको छ। राष्ट्रपति ट्रम्पले हिजो राती अबेला ट्वीट् मार्फत आफू र प्रथम महिलालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

कोरोना भाइरसको महामारीले अमेरिकालाई आक्रान्त बनाइरहँदा समेत सार्वजनिक स्थलमा जाँदा मास्क नलगाउने र कोभिड-१९ साधारण फ्लु जस्तै हो र यो आफैं हराएर जान्छ भन्ने गरेका ट्रम्प आफैं कोरोना संक्रमित भएका छन्। अमेरिकी राष्ट्रपति र प्रथम महिला नै संक्रमित हुने स्थिति आउनुलाई सहज रुपमा लिइनु हुन्न। गत फेव्रुवरी महिनामा पहिलो संक्रमण देखिए यता अमेरिकामा हालसम्म ७४ लाख बढीलाई कोभिड-१९ को संक्रमण भैसकेको छ भने दुई लाख १२ हजार बढीले यसैका कारण ज्यान गुमाइसकेका छन्।

आगामी नोभेम्वर ३ मा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनाव प्रचार प्रसारको सरगर्मी बढीरहेको बेला आफैं कोरोना संक्रमण भएर आइसोलेसनमा जाने स्थित आउनु राष्ट्रपति ट्रम्पका लागि त्यति सहज नभएपनि विपक्षी उम्मेदवार प्रति लक्षित उनका आक्रामक चुनावी ट्वीटले निरन्तरता पाउनेमा शंका छैन। भिडप्रति अति मोह भएका राष्ट्रपति गत मंगलवारको टेलिभिजन बहसमा समेत कोरोना माहामारीकाबीच उनको चुनावी सभाहरुमा जम्मा भएका हजारौंको भिडप्रति निकै खुसी देखिन्थे। आफ्ना विपक्षी जो बाइडेनका चुनावी कार्यक्रममा उपस्थित सानो समुहप्रति उनले उपेक्षापूर्ण कटाक्ष्य समेत गेरका थिए।

सबैबन्दा बढी कोभिड-१९ संक्रमितहरु भएका देशको सबैभन्दा शक्तिशाली राष्ट्रपति समेत संक्रमणको जोखिमबाट बच्न नसक्ने परिस्थिति बन्नु भनेको विज्ञहरुको सुझावलाई राष्ट्रपतिले बारम्बार बेवास्ता गर्नुको नतिजा हो।

कोरोना भाइरस यथार्थ हो र यसबाट बच्न सुझाइएका विज्ञहरुको सल्लाहलाई स्विकार्नु सबैका लागि फाइदाजनक हुन्छ।