मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

शंकरदास बैरागी मुख्य सचिव नियुक्त

शंकरदास बैरागी मुख्य सचिव नियुक्त

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- धेरै पछि कर्मचारी कर्मचारी मध्ये तुलनात्मक रुपमा योग्य शंकरदास बैरागी मुख्य सचिव भएका छन् । उनले यो अवसरलाई विगतका मुख्य सचिव जस्तै त्यत्तिकै जान दिन्छन् की देशका लागि राम्रो काम गरेर उपयोग गर्छन । यो उनको मुख्य परिक्षा हुने छ । 

अध्ययनशील, गम्भिर स्वभावका शंकरदासले आफ्नो थर खनाल छाडेर वैरागी उपनाम किन राखे यो उनलाई नै थाहा होला तर, कर्मचारी प्रशासनमा उनी अरु भन्दा फरक स्वभावका वैरागी भने हुन् । 

नेपालको आर्थिक विकासमा सवैभन्दा ठुलो वाधक सरकारी कर्मचारी नै हुन् । आफुलाई समाजका ठालु ठान्ने, आफ्नो व्यक्तिगत फाइदा बाहेक अरु काम नगर्ने अधिकांश सरकारी कर्मचारीको प्रवृत्तिनै हो । देशमा आर्थिक विकास नहुनुको मुख्य कारण पनि यही हो । 

नेपालको प्रशासनिक संरचना राणा शासनको वेला वनेको थियो । राणा शासकहरुले आफ्नो व्यक्तिगत हितका लागि प्रशासनिक संरचना वनाएका थिए । गुलामी र चाकडी गर्नेले प्रशासनमा प्रवेश गर्ने र माथि जाने मौका पाउंथे । अहिलेपनि यही अवस्थामा सरकारी कर्मचारी प्रशासन चलिरहेको छ । 

मुख्य सचिव सरकारी प्रशासनको सवैभन्दा माथिल्लो पद हो । मुख्य सचिवले आंट गर्ने हो भने नेपालको कर्मचारी प्रशासनमा सुधार गर्न सक्छन् । सुशासन ल्याउन सक्छन्  । तर, यसका लागि साहस चाहिन्छ । राजनीतिक नेतृत्व यसका लागि वाधक वन्न सक्छ । तर, मुख्य सचिवले सहि कुरामा अडान राख्न सकेभने राजनीतिक नेतृत्वपनि सोच्न वाध्य हुन्छ । विगतमा सुधारबादी भनेर चर्चामा आएका डा विमल कोइराला, भोजराज घिमिरे, माधव घिमिरे मुख्य सचिव हुदां देशले धेरै आश गरेको थियो । तर, उनीहरुपनि सरकारी प्रशासनलाई समसामयिक वनाउन सकेनन् । 

शंकरदास बैरागीले लामो समय परराष्ट्र मन्त्रालयको कर्मचारीका रुपमा देश वाहिर वसेर काम गरे । उनलाई विदेशको राम्रो अनुभव पनि छ । सरकारी कर्मचारी प्रशासनमा वैरागी जस्ता अध्ययनशील व्यक्ति विरलै भेटिन्छन् । उनी वाट देशले केही आश गर्न सक्छ ।