मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

राजदुत डा कार्की जाने, डा खतिवडा आउने

राजदुत डा कार्की जाने, डा खतिवडा आउने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- नेपालले अमेरिकाका लागि नेपाली राजदुतमा डा युवराज खतिवडालाई पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले पुर्व अर्थमन्त्री डा खतिवडालाई अमेरिकामा राजदुत वनाएर पठाउन लागेको हो । 

डा खतिवडा प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । ओली निकट भएकाले नै खतिवडाले पटक पटक आकर्षक पद पाउंदै आएको भन्दै नेपालमा आलोचनापनि भएको छ । 

खतिवडाले अर्थमन्त्री हुनु राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंक गभर्नर जस्ता पदमा नियुक्ती पाएका थिए । प्रकृया पुरा गरेपछि खतिवडाले वासिंटनमा डा अर्जुन कार्कीको स्थान लिने छन् । 

डा कार्कीलाई अर्थमन्त्री र युवराजलाई राजदुत वनाउने भन्ने चर्चा पहिले देखिनै थियो । यो चर्चा आधा सत्य भएको छ । डा कार्की नेपाल फर्किएर अर्थमन्त्री वन्लान ? यो त्यत्ति सजिलो भने छैन । 

डा कार्की पनि ओली निकट मानिन्छन् । गैर सरकारी संस्था चलाएर एमालेलाई गुन लगाएको आधारमा कार्की ओली निकट भएकाले थिए । यही भएर उनले अमेरिकाको राजदुत हुने मौका पाए । तर, राजदुतका रुपमा कार्कीको कार्यकाल औषत रह्यो । नेपाल अमेरिका विचको समवन्ध विस्तारमा कार्कीले खासै योगदान दिन सकेनन् । 

केही महिना अघि नै डा कार्कीको कार्यकाल सकिएको थियो । तर, कोरोना भाइरसका कारण उनी फिर्ता भएका थिएनन् । 

आर्थिक क्षेत्रमा लामो समय काम गरेकाले खतिवडाले वासिंटनमा मुख्य कार्यालय रहेका विश्व बैंक र अन्तराष्ट्रिय मुद्राकोषसंग समन्वय गर्न सक्छन् । तर, खतिवडा अर्थमन्त्रीका रुपमा भने सफल हुन सकेनन् । नेपालको निजी क्षेत्रसंग पनि उनी मिल्न सकेनन् । अर्थमन्त्रीका रुपमा उनले लचिलो हुन सकेनन् । यो अवस्थमा अमेरिका वस्ने नेपाली समुदायका लागि उनले कति समन्वयकारी भुमिका खेल्न सक्छन् यो भने प्रश्न नै छ । तस्बिर : सामाजिक संजाल