मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिकी राष्ट्रपति निर्वाचन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिका मुख्य आंकाक्षी विच मंगलवार भएको प्रत्यक्ष बहसले अमेरिकामा राजनीति प्रति चासो राख्नेहरुलाई निराश वनाएको छ । 

उक्त बहसमा दुवै उम्मेदवारले अमेरिकालाई कसरी अगाडी वढाउने भन्नेमा कम र व्यक्तिगत आरोप प्रत्यारोपमा वढी टिप्पणी गरेका थिए । 

अमेरिकाका मुख्य पार्टी रिपव्लिकनवाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटीक पार्टीका जो वाइडेन विच महंगलावर ९० मिनेट प्रत्यक्ष बहस भएको थियो । ट्रम्प राष्ट्रपति छन् भने वाइडेन पुर्व उपराष्ट्रपति हुन् । 

वहसको शुरुआत अमेरिकी सर्वोच्च अदालतमा न्यायाधिशको नियुक्तीको विषयवाट भएको थियो । यस पछि क्रमश स्वास्थ्य बिमा, कोभिड १९, अर्थतन्त्र रोजगार जस्ता विषय उठाईएको थियो । तर, अधिकांश समय दुई उम्मेदवारले एक आपसमा आरोप प्रत्यारोपमै उत्तर दिएका थिए । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो साढे तीन बर्षको कार्यकाल र लिएका नीतिको चर्को स्वरमा बचाउ गरे । कयौं पटक वाइडेन बोल्दै गर्दा अवरोध समेत गरेका थिए । वाइडेनले पनि स्पष्ट रुपमा आफ्ना नीति के को भन्ने राख्न सकेनन् । उनले राष्ट्रपति ट्रम्पलाई जोकर भन्न समेत भ्याए । 

अहिले अमेरिकाको राजनीतिक बृत्तमा जुन रुपमा बहस भयो यसलाई लज्जाजनक भएको टिप्पणी भएको छ । कयौं पत्रकार र राजनीतिक टिप्पणीकर्ताहरुले यस्तै हुने हो भने अव दुईवटा निर्धारित बसहको कुनै औचित्य नभएको भनाई समेत सार्वजनिक  गरेका छन् । 

समाजिक संजालमा कयौंले यो बसहलाई केटाकेटीको पारा भन्दै हासोमा उठाएका पनि छन् । तर, राजनीतिक प्रति गम्भिर मतदाताहरुले भने जुन रुपमा बहस भयो यसलाई दुर्भाग्यपुर्ण भन्ने प्रतिकृया दिएका छन् । 

आलोचना भएपछि यो बहसको आयोजक संस्था प्रेडिसेन्ड डिवेट कमिशनले अर्को बहसमा त्रुटीहरु सुधार गर्ने वताएको छ । तस्बिर : सामाजिक संजाल