
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १४ हजार ३३८ पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख ४१ हजार ४५६ छ । कुल संक्रमितमध्ये दुई करोड ५२ लाख १५ हजार १८३ जना निको भएका छन् भने करिब ७७ लाख ११ हजार ९३५ मानिस सक्रिय संक्रमित छन् ।
विश्वभर अझै पनि ६६ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७४ लाख १३ हजार ६०७ नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ११ हजार ९९ जनाको मृत्यु भएको छ ।
विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६२ लाख ४५ हजार संक्रमित भएका छन् भने यहाँ ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाख ८० हजार व्यक्ति संक्रमित भएकामा एक लाख ४३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

एएफपी -
- प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
- भारतमा एक करोड छ लाखमा कोरोना संक्रमण
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- जाँदाजाँदै ट्रम्पले गरे ७३ जनाको सजाय माफ
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’
- सुडानमा जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो, हजारौँ नागरिक विस्थापित
प्रतिक्रिया