मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विश्वभर तीन करोड ३३ लाख बढी संक्रमित, मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वभर तीन करोड ३३ लाख बढी संक्रमित, मृत्यु हुनेको संख्या १० लाख नाघ्यो


पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ७१ हजार २९९ पुगेको छ ।  

कुल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ८६ हजार ७३१ जना निको भएका छन् भने करिब ७६ लाख ८१ हजार २३८ मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६५ हजार १९० मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । 

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७३ लाख २४ हजार ३९३ नाघिसकेको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार ४९८ बढीको मृत्यु भएको छ ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ८७ हजार ४५४ सङ्क्रमित भएका छन् भने यहाँ ९५ हजार ६७८ ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाख ३२ हजार ३०९ व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४१ हजार ७७६ भन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३८५ भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।