मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मेक्सिकोको एक रेस्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

मेक्सिकोको एक रेस्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या


बामाको । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेस्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेस्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेस्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए । 

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रेस्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ । 

त्यस हिंसामा परेर सात जना पुरुष र चार जना महिला मारिएका छन् । अरु केही कर्मचारीहरु घाइते पनि भएका समाचारमा जनाइएको छ । ग्वान्जु सहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो शहरमा विगत लामो समयदेखि हिंसा हुदै आएको छ । 

यहाँ यस्तै आक्रमणका घटनाहरुको हिंसामा परी बर्सेनि सयौँ नागरिकको ज्यान जाने गरेको बताइन्छ । सो हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही थाहा हुन सकेको छैन । यस दुर्घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सिन्ह्वा