मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतमा कोरोना संक्रमित ६० लाख नाघे, ९४ हजार ५८२ को मृत्यु

भारतमा कोरोना संक्रमित ६० लाख नाघे, ९४ हजार ५८२ को मृत्यु


नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ५ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पछिल्लो २४ घन्टामा ८९ हजार १० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घन्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा योसँगै कुल मृत्यु हुनेको संख्या ९४ हजार ५८२ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ६५ हजार २४५ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४६ हजार जना निको भएका छन् । 

कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार ५३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार ८०१ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ ।