मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको महिला राष्ट्रिय सम्मेलन हुँदै

एनआरएन अमेरिकाको महिला राष्ट्रिय सम्मेलन हुँदै


अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा शनिबार महिला राष्ट्रिय सम्मेलन हुन लागेको छ । गैर आवासीय नेपाली संघ, अमेरिकाका महिला संयोजक दिक्षा बस्नेतका अनुसार सो सम्मेलन एनआरएनए अभियानकै पहिलो ऐतिहासिक राष्ट्रिय महिला सम्मेलनको रूपमा रहने जानकारी दिइन् । 

सम्मेलनका क्रममा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएन अभियानमा महिला, एनआरएनए अभियानमा युवाको सहभागिता र अवस्था, एनआरएनएमा महिलाको सहभागिता हिजो, आज र भोलिजस्ता तमाम राष्ट्रिय, अन्तर्राष्ट्रिय र एनआरएन अभियानसँग अन्तरसम्बन्धित विषयमा छलफल हुने उनले बताइन् । 

सम्मेलनका क्रममा हुने विभिन्न विषयगत सेमिनारका लागि विषयगत विज्ञहरू पेनालिष्टको रूपमा रहने छन् । सो सम्मेलनको क्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, बागमती प्रदेशको पहिलो गभर्नर तथा समाजसेवी अनुराधा कोइराला, अधिकारकर्मी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत जनसंख्या कोषको उच्चस्तरीय आयोग सदस्य एवं राष्ट्र संघीय महिलाविरुद्धको विभेद निरूपण समितिकी उपाध्यक्ष बन्दना राणा, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापा, महिला संयोजक भोमा लिम्बु, निवर्तमान उपाध्यक्ष  सपिला राजभण्डारी, निवर्तमान सचिव जानकी गुरुङ, अमेरिकाज क्षेत्रीय महिला संयोजक उमा कार्कीलगायत महिला अधिकारकर्मीहरू, एनआरएनए अभियानसँग जोडिएका अभियन्ताहरू एवं अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ ।

महासचिव पशुपति पाण्डेले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका सदैव महिला वर्गको सम्मान, समान सहभागिता र महिला सशक्तीकरणको पक्षमा रहेको बताए । संघको आयोजनामा हुने हरेक कार्यक्रमहरूमा महिलाको प्रभावकारी सहभागिता र उपस्थितिप्रति संघ सधैँ गम्भीर रहँदै आएको उनले बताए । 

उनका अनुसार गत जुलाई ३–५ सम्म सम्पन्न संघको वार्षिक साधारण सभापश्चात गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा शनिबार दोस्रो ठूलो सभा आयोजना गर्न लागिएको हो ।