मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोरोनाबाट विश्वभर तीन करोड २५ लाख संक्रमित, ९ लाख ८९ हजारको मृत्यु

कोरोनाबाट विश्वभर तीन करोड २५ लाख संक्रमित, ९ लाख ८९ हजारको मृत्यु


पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८९ हजार २७५ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २५ लाख ९ हजार ४७ पुगेको छ । कूल संक्रमितमध्ये दुई करोड ३९ लाख ९५ हजार २३४ जना निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७१ लाख ९५ हजार भन्दा बढी नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ७ हजार ७६९ बढीको मृत्यु भएको छ ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५८ लाख ४३ हजार ३४९ सङ्क्रमित भएका छन् भने यहाँ ९२ हजार ५८७ बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४६ लाख व्यक्ति सङ्क्रमित भएकामा एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजारभन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एएफपी