मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन


सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।

अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाका बारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ । सर्वेक्षणमा अमेरिकाभरीका २१ हजार जना सहभागी भएका थिए । सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो । 

सर्वेक्षणमा सहभागी भएकाहरुमध्ये झण्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरु, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जालमा आएका सूचनाहरुमा विश्वास गर्ने गरेको बताएका थिए । अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरुको सञ्जालमार्फत् सर्वेक्षण गरिएको जनाइएको छ ।

उनीहरुका अनुसार ८ प्रतिशत उत्तरदाताहरुले फेसबुकको म्यासेन्जरबाट आफूहरुले सूचना पाउने गरेको जवाफ दिएका थिए । त्यसैगरी सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्ताहरुमध्ये चार प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ । 

सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमुलक अनलाईन, एप्स, सामुदायिक पत्रिका लगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए । सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयु) को वेभसाइटमा बुधबारदेखि राखिएको छ । 

“सर्वेक्षणले सामन्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरुले सहयोग गरेको देखाएको छ,” एनयुको राजनीति शास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले भने । अध्ययनकर्ताहरुका अनुसार तुलनात्मक रुपमा वृद्ध व्यक्तिभन्दा ४५ वर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ । 

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगका बीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ । गलत सूचनाको सिकार भएका ११ जनामध्ये आठ जनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ । सिन्ह्वा