मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकामा कलाकार सरोज खनालको निर्देशनमा बन्यो पहिलो लघु चलचित्र ‘छाउ पीडा’

अमेरिकामा कलाकार सरोज खनालको निर्देशनमा बन्यो पहिलो लघु चलचित्र ‘छाउ पीडा’

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिसी । अमेरिकाको बसाईलाई भरपुर सदुपयोग गर्दै नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा अभिनेता सरोज खनालको निर्देशनमा पहिलो लघु चलचित्र ‘छाउ पीडा’ निर्माण भएको छ ।

बिश्व भर कोरोना महामारीको कारण बन्दाबन्दीमा अमेरिका आई पुगेका खनालले अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई उक्त लघु चलचित्र ‘छाउ पीडा’मा अभिनय गराएका छन ।

अभिनेता खनालले कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरुले उक्त लघु चलचित्रमा सशक्त अभिनय गरेकोमा हर्ष  व्यक्त गरेका छन । कलाकार खनाल भन्छन ,अमेरिकामा हुर्केका,बढ्दै गरेका किशोरीहरुले हामीले सोचेको भन्दा ज्यादै राम्रो अभिनय गरेकोमा दंग छन ।

उक्त लघु चलचित्रमा अभिनय गर्न वरिष्ठ कलाकार खनालले हामीलाई अवसर दिनु भएकोमा किशोरीरहरुले धन्यबाद दिएका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरको ब्यानर(निर्माण)मा बनेको पहिलो लघु चलचित्र छाउ पीडा हो ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्दै नृत्य विधालाई अगाल्दै आएको यस डान्स सेन्टरका प्रशिक्षार्थीहरु नृत्यमा मात्र नभई अभिनयमा पनी त्यतिकै पोख्त रहेको कुरा निर्देशक सरोज खनालले बताए ।

सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरका संस्थापक नृत्य निर्देशक द्वय नविन केसी तथा लुना श्रेष्ठ हुन भने यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।

उक्त चलचित्रमा कलाकारहरुमा अङ्किता कोइराला,रोमा भण्डारी,दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल रहेका छन् । त्यसै गरि आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठको पनि अहम भूमिका रहेको छ ।

यस चलचित्रको निर्माण गर्ने कार्यमा यमन राज श्रेष्ठले बिसेष सहयोग गरेका छन । यो चलचित्र छिट्टै केसी डान्स सेन्टरको युट्युबमा सार्वजनिक हुनेछ ।