मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

पल र साम्राज्ञी रेड वाईनमा

पल र साम्राज्ञी रेड वाईनमा


लामो समयदेखी सन्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सन्चार क्षेत्रसंगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन । हाल बोधी एच डी टिभी नेपाल र अमेरिका मार्फत सन्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यस अघि रूद्रप्रिया र रज्जा रानी चलचित्र निर्माण गरिसकेका छन । 

हाल अमेरिकामा रहेका पौडेल अब अर्कों चलचित्रको निर्माणमा जुटेका छन । अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने यो चलचित्रको नाम राखिएको छ रेड वाइन । 

बिशुद्द रूपमा प्रेम कथामाथि आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आर एल शाहको जोडी बांधिने भएको छ । यो चलचित्र मार्फत निर्माता रमेश एम के पौडेल निर्देशकको रूपमा आउने भएका छन । चलचित्रमा कथा,गीत लेखन र निर्देशक   पौडेलकै रहने छ । पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र  अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दैछिन ।इमिलिले अमेरिकामा बनिरहेका म्यूजिक भिडियोहरूमा काम गरिरहेकी छिन । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित ब्याबसायी पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । चलचित्रको सह निर्मातामा निरू भण्डारी रहेकी छिन । 

आर्यन फिल्मस् प्रोडक्शन प्रा. लि र बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र सम्बाद सबिर श्रेष्ठले तयार पारेका हुन । यो चलचित्रको सम्पूर्ण छायांकन कोरोनाको अबस्था हेरेर दशै र तिहारको बिचमा अमेरिकामा गरिने तयारी भैरहेको छ । चलचिमा ८८४८ मिडियाको पनि आबद्दता रहने छ । तस्बिर: बिनोद पोखरेल