मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सगुनले विदेशमा बस्ने नेपालीलाई बैगुन गरेको आरोप, लगानीकर्ताको पैसा डुब्यो

सगुनले विदेशमा बस्ने नेपालीलाई बैगुन गरेको आरोप, लगानीकर्ताको पैसा डुब्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– सगुनको शेयरमा पैसा हाल्ने लगानीकर्ताले नाफा होइन सावांपनि माया मार्दा हुने समाचार सार्वजनिक  भएको छ । 

खोज पत्रकारिता केन्द्रले हालै सार्वजनिक गरेको समाचार अनुसार सगुनले हज्जारौ नेपालीलाई झुक्याएको र कम्पनी अहिले टाट उल्टिने अवस्थामा पुगेको छ । 

गुगल र फेसबुक जस्तो कम्पनी हुन सक्ने भन्दै विदेशमा वस्ने नेपालीलाई सुगनले आफ्नो शेयर विक्री गरेको थियो । सगुनले शेयर विक्री गरेर पैसा उठाउन गैर आवासीय नेपाली संघ, वासिंटन स्थित नेपाली राजदुत अजुर्न कार्की लगायतलाई उपयोग गरेको थियो । 

अमेरिकामा दर्ता भएको सुगनको शेयरमा लगानी निकै जोखिम युक्त रहेको, यो शेयर स्टक एक्स्चेञ्जमा किनवेच हुन नसक्ने जस्ता विषयमा हिमालयखवरले पटक पटक समाचार मार्फत सचेत गराएको थियो । 

नयां पत्रिका यसै साता महत्वकासाथ छापेको सगुनको समाचारमा नेपाली भावना माथि सगुनले बैगुन गरेको उल्लेख छ । 

प्रवासी नेपालीवाट ५५ करोड उठाएको कम्पनी एक रुपैंया आम्दानी नगरी एक अर्ब घाटामा पुगेको समाचारमा उल्लेख छ । उक्त समाचार खोपकेका लागि प्रवेश सुवेदी र उमेश श्रेष्ठले लेखेका हुन् । 

नयां पत्रिकाले छापेको समाचार अनुसार सगनुले विदेशमा वस्ने नेपालीवाट शेयर मार्फत झण्डै ५५ करोड रुपैंया उठाएको थियो । यसमा अमेरिकामा पनि कयौं नेपालीले सगुनमा लगानीगरेका छन् । 

सगुनले गैर आवासीय नेपाली संघ अमेरिकाको मञ्चपनि पटक पटक शेयर विक्रीका लागि उपयोग गरेको थियो । एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेल अहिले पनि सगुनका सल्लाहकार छन् । 

एनआरएनएले गर्ने विभिन्न कार्यक्रममा सगुनले कम्पनीको प्रचार प्रसारका लागि केही समय लिने गरेको थियो । यस बापत सगुनले ति कार्यक्रम आयोजना गर्न केही पैसा दिने गरेको थियो । 

एनआरएनए अमेरिकालाई मात्र होइन एनआरएनए केन्द्रिय नेतृत्वलाई समेत सगुनले आफ्नो पक्षमा प्रचार गर्न उपयोग गरेको थियो । वर्तमान अध्यक्ष कुमार पन्त, पुर्व अध्यक्ष भवन भट्ट लगायतले सगुनका पक्षमा अभिव्यक्ति दिएका थिए । 

वासिंटन स्थित नेपाली राजदुत डा अजुर्न कार्कीले पनि सगुनको गुनगान गर्दै अभिव्यक्ति दिएका थिए । सुगनले युरोप लगायत कयौं देशमा शेयर विक्रीका लागि एनआरएनएलाई उपयोग गरेको थियो ।

सगुनको यो प्रकरणमा एनआरएनए अमेरिका र केन्द्र दुवै मौन छन् । 

अमेरिकामा जब्स एक्ट अन्तर्गत सगुनले सेक्यूरिटीज बोर्डमा दर्ता भई मिनी आईपिओ अर्यात शेयर निष्काशनको अनुमति पाएको थियो । यस अनुसार शेयर निष्काशन गर्ने कम्पनी स्टक एक्सेञ्जमा दर्ता हुन योग्य हुदैंनन् । यस्तो कम्पनीमा लगानी गर्नु निकै असुरक्षित हुने भएकाले आम्दानीको १० प्रतिशत मात्र लगानी गर्न पाइन्छ । 

कम्पनी अरर्बौको मूल्यांकन गरेर शेयर निष्काशन गर्दा सगुनको मुख्य कार्यालय अमेरिकाको भजिर्निया स्थित गोविन्द गिरीको घरको तल्लो तलामा थियो । गिरी कम्पनीका अध्यक्ष हुन् । उनको अध्ययनको बारेमापनि विवाद उठेको थियो । 

सगुनले लसएञ्जलस स्थित पशुपती फाउण्डेशन लगायत केही संस्थालाई सित्तैमा शेयर दिने आवश्वासन पनि दिएको थियो । तस्बिर: सामाजिक संजाल