मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विश्वमा संक्रमितको संख्या तीन करोड नाघ्यो, दुई करोड १८ लाख बढी डिस्चार्ज

विश्वमा संक्रमितको संख्या तीन करोड नाघ्यो, दुई करोड १८ लाख बढी डिस्चार्ज


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारीअनुसार विश्वमा तीन करोड ८५ हजार ९१५ मानिस संक्रमित भएकोमा बिहीबार बेलुकीसम्म दुई करोड १८ लाख ३३ हजार ४७५ व्यक्ति डिस्चार्ज भएका छन् ।

यद्यपि विश्वमा ७३ लाख ६ हजार ४८५ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनका अनुसार बिहीबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ४५ हजार ९५५ जनाको मृत्यु भएको छ । सङ्क्रमितहरुमध्ये ६१ हजार २८२ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  कोरोना भाइरसबाट अन्त्यत प्रभावित दस देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६८ लाख २९ हजार ८४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४१ लाख २० हजार १ं३३ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १ हजार ४०३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५१ लाख २८ हजार ९१८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख २९ हजार ५२५ कोरोना भाइरस मुक्त भएका छन् भने ८३ हजार ३३८ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख २० हजार ३१२ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ ।  

रुसमा १० लाख ८५ हजार २८१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ८ लाख ९५ हजार ८६८ कोरोना भाइरस मुक्त भएका छन् भने १९ हजार ६१ जनाको मृत्यु भएको छ । पेरुमा ७ लाख ४४ हजार ४०० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८७ हजार ७१७ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३१ हजार ५१ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ६ लाख ३६ हजार ३७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख १० हजार ७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार ४७८ जनाको मृत्यु भएको छ ।  

मेक्सिकोमा ६ लाख ८० हजार ९३१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८५ हजार २४ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ९७८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ५३ हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८४ हजार १९५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ७०५ जनाको मृत्यु भएको छ ।

स्पेनमा ६ लाख १४ हजार ३६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार २४३ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ५ लाख ८९ हजार १२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४ लाख ४८ हजार ३६३ जना डिस्चार्ज भएका छन् भने १२ हजार ११६ जनाको मृत्यु भएको छ ।