मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । उनले अक्टोबरमा देशभर नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् । 

उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताए । कोरोनाभाइरस विरुद्धको खोप तयार हुँदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ, उनले भने ।

उनले थपे, “यसलाई कहिलेदेखि वितरण गर्न सकिनेछ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।” उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने बताए ।

आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याट तर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाए ।    

कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६८ लाख २९ हजार २८१ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण दुई लाख १ हजार ३८४ जनाको मृत्यु भएको छ ।