मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राष्ट्रसंघीय महासचिवद्वारा शान्तिका लागि विश्व सुमदायलाई आग्रह

राष्ट्रसंघीय महासचिवद्वारा शान्तिका लागि विश्व सुमदायलाई आग्रह


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति स्थापनाका लागि विश्व समुदाय साथ साथमा मिलेर पहल गर्नुपर्ने बताएका छन् । 

उनले विश्वमा शान्ति स्थापनाका लागि नयाँ रुपले र सामूहिक पहलको थालनी गर्न आग्रह गरेका हुन् ।  

उनले संयुक्त राष्ट्रसंघमा सदस्यका रुपमा आवद्ध विश्वका सबै देशहरु, नागरिक समाज र विश्वका विभिन्न स्थानमा हिंसा मच्चाइरहेका विभिन्न सशस्त्र समूहहरुलाई पनि शान्ति स्थापनाको काममा एकसाथ लाग्न सो आग्रह गरेका हुन् । 

उनले विश्वका विभिन्न देशमा सशस्त्र विद्रोहका रुपमा हिंसा गरिरहेका विभिन्न समूहहरुलाई यो अपिल गरेका हुन् । उनले अफगानिस्तान र सुडानमा पछिल्ला दिनहरुमा शान्ति स्थापनाका लागि भएका पहलहरु सकारात्मक रुपमा अघि बढेका पनि बताए ।

त्यसैगरी सिरिया, लिबिया र युक्रेनमा पनि पछिल्ला दिनहरुमा युद्धविरामका साथै पछिल्लो समयमा हिंसा रोकिएकोले ती देशमा पनि अफगानिस्तानको जस्तै शान्ति वार्ताको पहलका लागि पनि उनले आग्रह गरेका हुन् ।