मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकैदिन १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज

एकैदिन १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा एकैदिन १२४६ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार थप १२४६ सहित संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । पछिल्लो चौबीसघन्टामा चार जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । 

एकैदिन कोरोना संक्रमण निको भई १२४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । जुन कुल संक्रमितको ७२ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ६१८ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ५०७, ललितपुरका ६१ र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १४ हजार २७९ पुगेको छ । जसमा काठमाडौँमा कुल ११ हजार २५७, ललितपुरमा १ हजार ४६० र भक्तपुरमा १ हजार ७९ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार ६४१ जनासहित हालसम्म ८ लाख ८२ हजार ९१५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ८८३ जना क्वारेन्टाइनमा र १६ हजार २४१ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३८ जना रहेका छन् । जसमध्ये ३९ जनाको भेन्टिलेटरमा र १८२ जनाको आइसियूमा उपचार भइरहेको छ ।