मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख बढीको मृत्यु

अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख बढीको मृत्यु


वासिङ्टन  । संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । कोरोना भाइरसको तथ्यांक सार्वजनिक गर्ने संस्थाहरुका अनुसार अमेरिकामा बुधबार रातिसम्म दुई लाख ६८८ जनाले ज्यान गुमाएका छन् । 

अमेरिकामा पछिल्लो चौबिसघन्टामा ३६ हजार ४४७ जना संक्रमित भएका छन् र हालसम्म संक्रमित हुनेको संख्या ६७ लाख ९८ हजार ६७९जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  

यहाँ ४० लाख ७० हजार ५०८ जना कोरोना भाइरस मुक्त भएका छन् । अझै २५ लाख २७ हजार ४८३ सक्रिय संक्रिमित रहेका छन् । जसमध्ये १४ हजार १६० जनाको अवस्था जटिल रहेको बताइएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा ११९७ जनाले ज्यान गुमाएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर दुई करोड ९८ लाख ५९ हजार ७५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।  

जसमा दुई करोड १६ लाख ३५ हजार ९२२ व्यक्ति कोरोना मुक्त भएका छन् भने अझै ७२ लाख ८१ हजार ६६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ ।  

सङ्क्रमितहरुमध्ये ६० हजार ९१० जनाको अवस्था गम्भीर रहेको डब्लुएचओले जनाएको छ । एजेन्सी