साहित्य सिर्जना

सुनिदेउ मेरो यो बेदना

प्रकाशित |

 

पूणिमाको उज्यालिमा थिऐॅं

जब मेरो उसॅंग भेट भयो 

ऊ आयो अनि भन्न थाल्यो

सधैं पूणिमाको उज्यालो जीवनभर रहिरहदैन

फक्रिएको फूल ओइली झर्छ सधैं फक्रि रहदैन।।

एक छिन अलमल्ल परें 

उसले भनेका शब्दहरूको भाव बुझ्न

जब पुगें उसका शब्दहरूको गहिराईमा तब म

कति बेला उसले बुनेको जालमा फॅंसेछु थाहै भएन

कुन बेला उसको कालो कोठामा बन्द भएछु थाहै भएन।।

रात पछि बिहानी हुन्छ भनि

दिनदिनै  बिहानीका किरणहरू खोज्न लागें

म रोऐॅं,कराऐॅं,गुहाऐॅं तर कोहि कसैले सुनेनन् 

अन्तिममा महशुस गरें,म यस्तो ठाउॅंमा फ्याकिऐॅं

जहाॅंबाट बाहिरको भित्र अनि भित्रको आवाज बाहिर सुनाइ दिदैन।।

मेरा आशुहरू उसका हर्ष बने

मेरा पीडाहरू उसका खुसी बने

मरो शरीर  उसको प्यास बुझाउने पानी बन्यो

ए हजुर, लुटि जाने लुटेरालाई यतिले के पुग्थ्यो

मैले इज्जत छोप्ने च्यादर उसको कुकर्म ढाक्ने पछ्याैरी बन्यो।।

ज्यूॅंदो लास बनेकी म 

च्यातिएका कपडा,चिथोरिएको अनुहार अनि

गहभरि आशुॅंका ढिक्काहरू बोकि घर निर पुग्छु

तब मलाई समाजले पीडित हैन वेश्याको नजरले हेर्छ,

समाजले नै यथार्थलाई लुकाउने अनेकाैं प्रयास गर्छ।।

खुल्यआम हिडेको बलत्कारीलाई सजाय

अनि पीडितलाई केहि न्याय मिल्छकी भनि 

पटक पटक म अदालतको ढोका ढक्ढकाउन पुगें

तर  यहाॅं  त  न्याय  र  कानून  पनि  विक्रि  भएछ

जसलाई मेरो यो गरिबिको चापीले खोल्न सकिदो रहेनछ।।

एक फेरी सुनिदेउ मेरो यो बेदना

न्याय दिनका लागि तिमी धनी गरीब नभन

फक्रिरहन देऊ नओइलिएसम्म त्यो फूललाई तिमी

उड्न देऊ उडिरहेकी पंन्छीलाई तिमी पिजंडामा कैद गर्छु नभन

मानव भइ मानविय व्यवहार गर तिमी अमानविय काम गर्छु नभन।।

प्रतीक्षा पाैडेल

अन्नपूर्ण गाॅंउपालिका वडा नं. ४,भदाैरे


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया