मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडोमा नेपाली सस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा नेपाली सस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय संस्था नेपाली घर र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो । बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ६ जना नेपालीले रक्तदान गरेका छन् रक्तदान गर्ने इच्छा धेरै जनाको भएपनि बर्तमान परिस्थितीका कारण अग्रीम समय बुक गराउनु पर्ने, लगायतका बिभिन्न कारणले गर्दा ६ जनामात्र रक्तदान गर्नयोग्य ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदानगर्न ३ बर्षसम्म लगातार अमेरिका बसेको र एकबर्ष भित्र अमेरिका बाहिर मलेरिया प्रभाबित क्ष्ँेत्रमा गएको भए अमेरिका फर्केको एकबर्ष पछिमात्र योग्य ठहरिने लगायतका बिभिन्न नियमहरु रहेका छन् ।

नातिबाबु भट्ट

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा टिका पौडेल, श्रीराम लुईटेल, लुना पौडेल, रिपेन्द्र कार्कि, रवी जोशी, तोयानाथ साप्कोटा गरेका हुन् । अहिले कोरोनाको कारण मानिसहरु रक्तदान गर्न डराई रहेको कारण पनि कोलोराडोमा रगतको अभाव खड्कदै गएको बताईएको छ ।

 

आयोजक संस्था नेपाली घरका अध्यक्ष लक्षुमन रानाले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमुल्य दानको कार्यक्रम नियमित गर्नु पर्ने उनको भनाई रहेको छ ।

रक्तदान कार्यक्रम सफलपार्न बोनफिल्ड रक्तसंचार केन्द्र बोल्डरले प्राविधिक सहयोग उपलब्ध गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले बताएका छन् । उनले रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै ब्लड डोनर्स अफ अमेरीकाले २००९ देखी रक्तदान गर्न अभिप्ररित गर्दै आएको र कोलोराडोमा २०१९ देखी प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गरिने गरेको बताएका छन् । उनले यस्तो अवस्थामा पनि रक्तसंचार केन्द्र सम्म आई रक्तदान गर्नुहुने सबैलाई धन्याद दिएका छन् ।

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्ममात्र प्रयोगगर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।