विश्वसनीयता


अनलाइन मिडियाहरुको बाक्लो संख्या बढिरहेको समयमा नयां र फरक अभियानका साथ हिमालय खबर डटकमको शुरुवात भएको छ । पत्रकारिता क्षेत्रमा नयां सोचका साथ लागेका युवाहरुको समुहले नेपाल र नेपाल बाहिर रहेका सबै खालका पाठकहरुलाई समेट्ने उद्धेश्यका साथे हिमालय खबर डटकमको शुरुवात गरेका हुन् । नेपालमा मुख्य कार्यलय र अमेरिका, कतार लण्डन , अस्ट्रेलिया, यूरोप  लगाएतका देशमा बिभिन्न सम्बाददाता रहेको छन् । बिदेशमा रहेका नेपालीलाई चासो हुने र नेपालको बिकास निर्माण क्षेत्रमा टेवा पुग्ने खालका समाचारलाई बिषेश प्राथमिकता दिने हिमालय खबरले उद्धेश्य लिएको छ । हिमालय खबर डटकममा ताजा  र फरक समाचारका साथै बिभिन्न खालका भिडियो सामाग्रीद्धारा पाठकलाई अपडेट गराईनेछ ।
 
हामी हाम्रा समाचार सप्रमाण मात्र प्रेषित गर्छौ तसर्थ समाचारको विश्वसनीयता मा ढुक्क रहन आग्रह गर्दछौ। प्रबिधि को बिकाश संगै गरिने स्वच्छ पत्रकारिताले संसार अब एउटा गाउ मा सिमित रहने गरि हामी शिघ्र समाचार सम्प्रेसन गर्ने छौ र २४ सै घण्टा तपाईहरुलाई UPDATE गराई रहने छौ। 
 
कुनै व्यक्ति बिशेष द्वारा पठाईएका समाचार / लेख रचनामा भने हामी जिम्मेबार हुने छैनौ तथापी कसै माथि गाली गलौज तथा पुर्बग्रह राखी लेखिएका / पठाइएका समाचार सम्प्रेषण नगर्ने जानकारी गराउदछौ।
 
यहाँ हरुको अमुल्य सल्लाह, सुझाब, प्रतिक्रिया, अन्तरक्रिया, आलोचना, आत्मालोचना इत्यादी, सम्पूर्णलाइ समेटी हामी खुल्ला हृदयले सहर्ष स्विकार गर्दै अगाडी बढ्नेछौं। तपाईहरुका सुझाब हाम्रो निमित्त अमुल्य सम्पत्ति हुनेछन।
 
 
"सयौ थुंगा फूलका हामी एउटै माला नेपाली" भन्ने हाम्रो राष्ट्रिय गान को हरफ झैँ  हिमालय खबर डटकम नेपालको गहना 'सगरमाथा' झैँ पवित्र रुपमा सबैको साझा बनेर उभिन चाहन्छ।
 

 

मुख्य खबर