हाम्रा बारेमा


"सयौ थुंगा फूलका हामी एउटै माला नेपाली" भन्ने हाम्रो राष्ट्रिय गानको हरफ झैँ हिमालय खबर डटकमले सारा नेपाललाई समेटेर, नेपालको गहना 'सगरमाथा' झैँ पवित्र रुपमा सबैको साझा बनेर उभिने अभिलाषाका साथ संचालनमा आएको कुरा तपाइलाई जानकारी गराउन चाहन्छौ । हिमालसंगै हाम्रो परिचय र चिनारी गासिएको छ अनि तेही हाम्रो पहिचान अनि संस्कृतिलाई हिमालय खबर डट कमले बिबिध समाचार सामग्रीको माध्यम द्वारा विश्वभरका नेपाली माझ माया र सद्भाबका साथ गास्न उत्साहित छ साथै प्रतिबद्ध अनि कटिबद्ध पनि छ । आउनुहोस, तेसै उत्साह अनि उमङ्गका साथ, तपाईलाई हिमालय खबर आफ्नो परिवारमा स्वागत गर्दछ । 
 
हिमालय खबर डटकमको अधिकारिक फेसबुक पेज http://https://www.facebook.com/himalayaakhabar मा लाइक गरेर हाम्रो समिपमा रहेर हामी लाई सधै हौसला अनि साथ दिनु हुने छ भन्ने हामी आग्रह अनि आशा गर्न चाहन्छौ साथै आफ्ना साथीभाईलाई पनि हिमालय खबर डट कम (हिमालयखबर.कम) को बारेमा जानकारी गराएर हाम्रो परिवारलाई बढ्न अनि फैलिन साथ दिनु हुने छ भन्ने पनि आशा गर्दछौ । 
 
हिमालयखबर डटकम मा देश विदेशका राजनीतक, सामाजिक, आर्थिक एबं संस्कृतिक समाचारहरु साथै जानकारीमुलक अनि मनोरन्जनात्मक भिडियो, फोटो लगायतका माध्यमबाट हेर्न, पढ्न अनि सुन्न सक्नु हुने छ।
 
हामी हाम्रा समाचार सप्रमाण मात्र प्रेषित गर्छौ तसर्थ समाचारको विश्वसनीयता मा ढुक्क रहन आग्रह गर्दछौ। प्रबिधि को बिकाश संगै गरिने स्वच्छ पत्रकारिताले संसार अब एउटा गाउ मा सिमित रहने गरि हामी शिघ्र समाचार सम्प्रेसन गर्ने छौ र २४ सै घण्टा तपाईहरुलाई UPDATE गराई रहने छौ। 
 
कुनै व्यक्ति बिशेष द्वारा पठाईएका समाचार / लेख रचनामा भने हामी जिम्मेबार हुने छैनौ तथापी कसै माथि गाली गलौज तथा पुर्बग्रह राखी लेखिएका / पठाइएका समाचार सम्प्रेषण नगर्ने जानकारी गराउदछौ।
 
 यहाँ हरुको अमुल्य सल्लाह, सुझाब, प्रतिक्रिया, अन्तरक्रिया, आलोचना, आत्मालोचना इत्यादी, सम्पूर्णलाइ समेटी हामी खुल्ला हृदयले सहर्ष स्विकार गर्दै अगाडी बढ्नेछौं। तपाईहरुका सुझाब हाम्रो निमित्त अमुल्य सम्पत्ति हुनेछन।
 
"सयौ थुंगा फूलका हामी एउटै माला नेपाली" भन्ने हाम्रो राष्ट्रिय गान को हरफ झैँ  Himalayakhabar.com नेपालको गहना 'सगरमाथा' झैँ पवित्र रुपमा सबैको साझा बनेर उभिन चाहन्छ।
 
 
 
सहयोगको लागि धेरै धेरै धन्यवाद 
हिमालय खबर डटकम परिवार
http://www.himalayakhabar.com
 

 

मुख्य खबर