मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनका नेपालीहरुद्धारा रक्तदान

ह्युस्टनका नेपालीहरुद्धारा रक्तदान


हिमालयखबर संबाददादा 
ह्युस्टन (टेक्सस)- नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजना र गल्फकोष्ट रिजनल ब्लड सेन्टर, ह्युस्टनको सहयोगमा आज श्री पशुपतिनाथ मन्दिर ह्युस्टन परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना महामारीका बेला सम्पन्न रक्तदान कार्यक्रममा ह्युस्टनका ११ जना नेपालीहरुको सहभागिता रहेको थियो। रक्तदानका लागि इच्छुक अन्य चारजनाले भने तत्कालको स्वास्थ्य परीक्षणका आधारमा रक्तदान गर्न सकेनन्।
 
एनएएचका अध्यक्ष डा. विष्णु नेपाल सहित पूर्व पदाधिकारीहरु मधुकर अमात्य र समिर रावल पनि रक्तदानका लागि पुगेका थिए। करिब २० जनाले रक्तदान गर्ने अनुमान गरिएपनि कोभिड-१९ का कारण कम मात्र रक्तदाताहरुको सहभागिता भएको आयोजक एनएएचका अध्यक्ष डा. नेपालले हिमालयखबरलाई जानकारी गराएका छन्।
 
हिजो रक्तदान गर्नेहरु मध्ये चार जना नयाँ रक्तदाताहरु थिए। पहिलो पटक रक्तदान गरेका ह्युस्टनका लागि नेपाली पर्यटनदूत जगदिश काफ्लेलाई रक्तदान गर्न पाउँदा सगरमाथा चढे जस्तै भएको अनुभव सुनाउँदै थिए। रक्तदान गर्ने इच्छा हुँदा-हुँदै पनि कैयन रक्तदान कार्यक्रममा प्राविधिक कारणले दिन पाइएको थिएन, आज रगत दान गर्न पाइयो, निकै खुसी लागेको छ- रक्तदान गरिसक्ने बित्तिकै पर्यटनदूत काफ्लेको प्रतिक्रिया थियो।
 
कोरोना महामारीका बिचमा समेत रक्तदान कार्यक्रम आयोजना गरेकोमा गल्फकोष्ट रिजनल ब्लड सेन्टरले एनएएचलाई धन्यवाद ज्ञापन गरेको छ।