मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जनैपूणिमाका दिन बेलुकी आठ बजेसम्म नेपाली मन्दिर खुल्ने (भिडियो सहित)

जनैपूणिमाका दिन बेलुकी आठ बजेसम्म नेपाली मन्दिर खुल्ने (भिडियो सहित)


ड्यालास (टेक्सस): रक्षाबन्धन तथा ऋषितर्पणी पूर्णिमा अमेरिकाको विभिन्न क्षेत्रमा सोमबार भव्य रुपमा मनाइँदै छ । अमेरिकाको पूर्वी क्षेत्र बोस्टनदेखि क्यालिफोर्नियासम्मका नेपालीमूलका तथा नेपालीभाषीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाएका हुन् ।  
 
यसैक्रममा अर्भिङस्थित पशुपति तथा बुद्ध मन्दिरमा रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व भव्य रुपमा मनाइँदै छ । यस वर्ष कोभिड–१९ का कारण जनजीवन प्रभावित भए पनि उल्लेख्य मात्रामा भक्तजनहरु रक्षाबन्धनका लागि मन्दिरमा आइरहेका मन्दिरका मूल पुजारी डा. शेखर पण्डितले बताउनुभयो । उहाँका अनुसार बिहानै मन्दिरमा आयोजित धार्मिक अनुष्ठानपछि आठ बजेदेखि बेलुकी आठ बजेसम्म भक्तजनका लागि मन्दिर खुला गरिएको छ । ‘बिहान आठदेखि बेलुकी आठ बजेसम्म मन्दिरमा आउने सबैले रक्षाबन्धन तथा तागाधारीले जनै लगाउनसक्ने गरी व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नुभयो ।
 
यस वर्ष कोभिड–१९ का कारण ६ फिटको भौतिक दूरी कायम गर्ने गरी मन्दिर दर्शन तथा रक्षाबन्धन गर्ने व्यवस्था मिलाइएको पशुपति तथा बुद्ध मन्दिर बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले बताउनुभयो । उहाँले कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन मन्दिरमा आउने हरेक भक्तजनका लागि मास्क अनिवार्य गरिएकाले विनामास्क मन्दिरमा प्रवेश गर्न नदिइने जानकारी पनि दिनुभयो ।  
 
रक्षाबन्धनका लागि आउने तथा तागाधारीका लागि शास्त्रीय विधिपूर्वक बनाइएका र पूजन गरिएका नयाँ जनै (नूतन यज्ञोपवीत) को व्यवस्था गरिएको मन्दिरका अर्का पूजारी पण्डित मधुसूदन निरौलाले जानकारी दिनुुभयो । ‘तागाधारीको समस्यालाई ध्यान दिएर मन्दिरमै गुरुपुरोहितहरुद्वारा शास्त्रीय विधिपूर्वक मन्त्रित नयाँ जनैको व्यवस्था गरिएको छ,’ उहाँले भन्नुुभयो ।  
 
विशेषतः ब्राह्मण, क्षत्रीय वा अन्य कुनै वैदिक धर्म पालन गर्ने समुुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको काँचो धागोको डोरा लगाएर यो पर्व मनाइने भएकाले यसलाई रक्षाबन्धन भनिएको हो ।
 
नेपालीहरु यस दिन विभिन्न अन्न मिसाएर टुसा उमारेर तयार पारिएका गेडागुुडीको विशेष परिकार क्वाँटी खाने गर्दछन् ।