मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ९४ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ९४ हजार नाघ्यो


 

 

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९४ हजार ५७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार सोमबार रातिसम्म विश्वभरीमा १ करोड ८२ लाख ५ हजार ४९० जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड १५ लाख ८ हजार ९८७ व्यक्ति कोरोना मुक्त भएका छन् । 
 
विश्वभरमा ६१ लाख २ हजार ४४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये   ६५ हजार ९०७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्रै ४८ लाख २४ हजार ७१४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ४८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ८३४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ४६ हजार ९२५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ७० हजार १५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख २२ हजार ३३७ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २९ लाख १० हजार ५५४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ९७३ को मृत्यु भएको छ । एसियामा ४४ लाख ९४ हजार ७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १५४ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ९ लाख ६४ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ४०७ जनाको मृत्यु भएको छ । ओसियानामा २० हजार १०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४६ जनाको मृत्यु भएको छ । एएफपी