मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सास द्वारा संचालित स्कूलको समर – एक हिजोबाट सकियो

नेपाली समाज टेक्सास द्वारा संचालित स्कूलको समर – एक हिजोबाट सकियो


टेक्सास– नेपाली समाज टेक्सासले संचालन गर्दै आएको स्कूलले गत जुनको अन्तिम साताबाट शुरु गरिएको समर स्कूलको पहिलो फेज हिजोबाट सकिएको र दोश्रो फेज अन्तर्गत डा. चिन्तामणि योगी गुरुद्वारा साँस्कृतिक तथा आध्यात्मिक क्याम्प आजबाट शुरु गरिने जानकारी स्कूलका प्रिन्सिपल ई. विजयराज भट्टराईले दिनुभयो। 
 
पहिलो फेजमा १५३ र दोश्रो फेजमा ५२ गरि समर सेसनमा मात्र २०५ बिध्यार्थीहरु भर्ना भएका छन।  अनलाइन प्रविधिबाट पढाइने यी कक्षाहरु निकै उपलब्धीमूलक रहेको फीडब्याक अभिभावकहरु बाट पाएको र स्कूल अझ ब्यबस्थित बनाउन स्कूल कमिटि अझ मेहनत गरिरहेको जानकारी प्रिन्सिपल भट्टराईले  दिनुभयो। 
 
पहिलो फेज अन्तर्गत ५ वटा बिषयको कक्षाहरु ६ हप्ता सम्म लगातार संचालन भएका थिए। पहिलो फेजमा नेपाली तथा नैतिक शिक्षा (बेसिक) को प्राध्यापन डा होम आचार्यले, नेपाली तथा नैतिक शिक्षा (इण्टरमेडिएट) को प्राध्यापन भोजबहादुर बलायर, वेबसाईट डिजाइन र डेभलेपमेण्टको  प्राध्यापन पशुपति तिम्सिनाले, पब्लिक स्पिकिङ्ग एण्ड लिडरशीपको प्राध्यापन शुशिल चौधरी तथा सिन्गिंग, डान्सिङ्ग एण्ड स्टोरी टेलिङ्ग इण्टरटेनमेण्टको क्लास श्रद्धा अधिकारीले लिनुभएको थियो। कक्षाहरु मंगलावार, बिहीबार, शनिवार र आइतवार गरेर हप्ताको चार दिन संचालन गरिएको थियो।
 
आजबाट शुरुहुने डा. चिन्तामणि योगी गुरुद्वारा गराइने साँस्कृतिक तथा आध्यात्मिक क्याम्पको कोअर्डिनेटरमा नेपाली समाज टेक्सासका महासचिव भानु खरेल तथा स्कूल कोर्डिनेटर भोजबहादुर बलायर हुनुहुन्छ। यो क्याम्प एनसीएससी सँगको सहकार्यमा संचालन हुन लागेको हो। क्याम्प हरेक साँझ ७:०० बजे देखि ९:०० बजे सम्म टेक्सासको समय अनुसार सोमवार देखि शुक्रवार सम्म दुई हप्ताको निमित्त संचालन हुनेछ। यो स्कूल कसरी जोइन गर्ने भन्ने बिष्तृत जानकारी सम्पूर्ण भर्ना भएका बिध्यार्थीहरुलाई इमेल मार्फत गराइसकेको जानकारी स्कूलको आधिकारिक फेसबुक पेजमा जनाइएको छ।