मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर ७१ लाख बढी कोरोना संक्रमित निको भए

विश्वभर ७१ लाख बढी कोरोना संक्रमित निको भए


जेनेभा । नेपाली समयानुसार बिहीबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७१ लाख १५ हजार ९८१ जना व्यक्ति निको भएर घर फर्केका छन्। 
 
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५४ हजार पुगेका छन् ।
 
साथै, यस संक्रमणबाट विश्वभर १ करोड २२ लाख ५१ हजार २७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 
 
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४५ लाख ८० हजार ७६७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २३३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ७४ हजार १२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।
 
यस प्रकोपका कारण अमेरिकामा १ लाख ३५ हजार १५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २६ लाख ७९ हजार ७२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ७९४ जनाको मृत्यु भएको छ ।
 
उत्तर अमेरिकामा ३७ लाख १७ हजार ८४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ७६६ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २५ लाख ३० हजार १८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९५ हजार ४३४ को मृत्यु भएको छ ।
 
एसियामा २७ लाख ८३ हजार ६४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६६ हजार ५४६ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ५ लाख २७ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २८९ जनाको मृत्यु भएको छ ।
 
ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । एएफपी