मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो


काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा मंगलबार राति १०ः१५ बजेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
 
अमेरिकामा हालसम्म १७ लाख १२ हजार ४८३ जना संक्रमित भएका छन् । जसमध्ये ४ लाख ६७ हजार ९६२ जना निको भएका छन् भने ११ लाख ४४ हजार ५१९ जनाको उपचार जारी रहेको छ । 
 
विश्वभर ३ लाख ४९ हजार २७१ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५६ लाख ३६ हजार ८५० नाघेको छ ।
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घन्टाको अवधिमा ५२ हजार ५८३ नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घन्टामा विश्वभर १ हजार ६५८ जनाको ज्यान गएको छ ।
 
प्राप्त समाचारअनुसार विश्वभर करिब ५३ हजार २०९ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख ८३ हजार ८३५ को स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
 
युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३७ हजार ४८ को कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा १९७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या एक लाख नाघेको हो ।