मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नजिक

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नजिक


जेनेभा । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४७ हजार ५८३ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख ४५ हजार ४२० नाघेको छ ।  
 
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घन्टाको अवधिमा ९६ हजार ५०५ नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घन्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ । 
 
प्राप्त समाचारअनुसार विश्वभर करिब ५३ हजार २२४ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख १६ हजार ६५७ को स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।  
 
युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । 
 
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ४४८ पुगेको छ । एएफपी