मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर ५५ लाख ५१ हजार संक्रमित, निको हुनेको संख्या २३ लाख ३० हजार

विश्वभर ५५ लाख ५१ हजार संक्रमित, निको हुनेको संख्या २३ लाख ३० हजार


पेरिस । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ५१ हजार ३०७ पुगेको छ ।
 
गत डिसेम्बरदेखि सोमबार रातिसम्ममा निको हुनेको संख्या विश्वभर २३ लाख ३० हजार नजिक पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
 
अहिलेसम्म विश्वभर तीन लाख ४७ हजार ८५८ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घन्टामा विश्वभर १४२४ व्यक्तिको मृत्यु भएको छ । 
 
सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ९३ हजार ७९७ रहेका छन् भने ब्राजिलमा तीन लाख ६५ हजार २१३, रूसमा तीन लाख ५३ हजार ४२७, स्पेनमा दुई लाख ८२ हजार ८५२, बेलायतमा दुई लाख ५९ हजार ५५९ र इटलीमा दुई लाख २९ हजार ८५८ सङ्क्रमित रहेका छन् ।
 
सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९९ हजार ४४८ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७९३, इटलीमा ३२ हजार ८७७, स्पेनमा २८ हजार ७५२, फ्रान्समा २८ हजार ३६७ र ब्राजिलमा २२ हजार ७४६ सङ्क्रमितको मृत्यु भएको छ ।
 
सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।
 
एसियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बङ्गलादेश सिङ्गापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् । एएफपी