मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप सातसहित कोरोना संक्रमितको संख्या ६८२ जना पुग्यो

थप सातसहित कोरोना संक्रमितको संख्या ६८२ जना पुग्यो


काठमाडौँ । कोभिड–१९ को संक्रमण सोमबार थप सात जनामा देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना सङ्क्रमण देखिएको बताए । 
 
उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ सङ्क्रमित फेला परेका हुन् । 
 
नयाँ सङ्क्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका–२ र १० क्रमशः १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका–१५ घर भएका बाराको कलैयामा काम गर्ने २८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । 
 
कोरोना भाइरसको सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या नेपालमा चार पुगेको छ । 
 
बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक÷एक जनाको निधन भएको थियो । 
 
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ जना पुगेको छ । सङ्क्रमितमध्ये ६०२ जना पुरुष र ८० जना महिला रहेका छन् । सङ्क्रमितमध्ये प्रदेश नं १ मा ८६ जना, प्रदेश नं २ मा २३५ जना, बाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नं ५ मा २९२ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् । 
 
यसैबीच, सोमबार २५ जना डिस्चार्ज भएका छन् । यससँगै निको भई घर फर्किनेको संख्या ११२ जना पुगेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । 
 
ती डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ । यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ्, बर्दिया र काठमाडौँका एक÷एक जना डिस्चार्ज भएका छन् । 
 
शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र रुपन्देहीको तौलिहवावाट एक जना डिस्चार्ज भएका छन् । तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेको उनले बताए । रासस