मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसका संक्रमित ५४ लाख ५३ हजार पुगे

कोरोना भाइरसका संक्रमित ५४ लाख ५३ हजार पुगे


पेरिस । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आइतबार राति १०ः४५ बजेसम्म ५४ लाख ५३ हजार १८५ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४५ हजार ७७ व्यक्तिको मृत्यु भएको छ ।
 
विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा आधारित एएफपीको रिपोर्टअनुसार २२ लाख ८१ हजार १७२ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
 
विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको संयुक्त राज्य अमेरिकामा १६ लाख ७३ हजार ५४९ सङ्क्रमित रहेका छन् भने ९८ हजार ८३१ सङ्क्रमितको मृत्यु भएको छ । अमेरिकामा चार लाख ४८ हजार ९९४ भन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् ।
 
त्यसैगरी बेलायतमा दुई लाख ५९ हजार ५५९ सङ्क्रमित रहेका छन् । बेलायतमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३६ हजार ७९३ रहेको छ । 
 
इटलीमा दुई लाख २९ हजार ८५८ सङ्क्रमित भएका छन् भने ३२ हजार ७८५ व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ । स्पेनमा दुई लाख ८२ हजार ४७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने २८ हजार ६७८ सङ्क्रमितको मृत्यु भएको छ ।
 
फ्रान्समा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ४६९ सङ्क्रमित रहेका छन् भने २८ हजार ३३२ को मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा तीन लाख ५२ हजार ५२३ सङ्क्रमित भएका छन् भने यहाँ २२ हजार २८८ को मृत्यु भएको छ । 
 
यी मुलुकबाहेकका मुलुकहरू जर्मनी, रूस, भारत, पाकिस्तान, इरान, टर्की, पेरूलगायतका करिब एक दर्जन मुलुकमा सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भए पनि मृत्यु दर अमेरिका, बेलायत, फ्रान्स, ब्राजिलको तुलनामा निकै कम देखिएको छ ।
 
धेरै सङ्क्रमित हुनेमा रूस अमेरिकापछि दोस्रो स्थानमा रहेको छ भने मृत्युका हिसाबले बेलायत दोस्रो स्थानमा रहेको छ । धेरै सङ्क्रमण देखिएका मुलुकहरूमध्ये रूसमा तीन लाख ५२ हजार ५२३, जर्मनीमा एक लाख ८० हजार १०५, टर्कीमा एक लाख ५५ हजार ६८६, भारतमा एक लाख ३७ हजार ९९१, इरानमा एक लाख ३५ हजार ७०१ र पेरूमा एक लाख १५ हजार ७५४ सङ्क्रमित रहेका छन् । अन्य प्रभावित मुलकहरूमा भने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ । एजेन्सीको सहयोगमा