मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना महामारी : विश्वभर ५३ लाख ६१ हजार संक्रमित, ३ लाख ४१ हजार ८६० को मृत्यु

कोरोना महामारी : विश्वभर ५३ लाख ६१ हजार संक्रमित, ३ लाख ४१ हजार ८६० को मृत्यु


काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड(१९) बाट विश्वभर ५३ लाख ६१ हजार २१४ मानिस संक्रमित भएका छन् । जसमध्ये २१ लाख ८७ हजार ७२३ निको भई घर फर्किएका छन् ।
 
विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख ४१ हजार ८६० मानिसको ज्यान गएको छ । अझै २८ लाख ३१ हजार ९५५ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ५३ हजार ५७७ जनाको अवस्था जटिल रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २७ लाख ७८ हजार ३७८ को अवस्था मध्यम रहेको जनाइएको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १६ लाख ५२ हजार ६२७ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ९७ हजार ८७४ पुगेको छ । अमेरिकामा ११ लाख ४९ हजार ९४३ जनाको उपचार जारी छ भने ४ लाख ४ हजार २८३ जना निको भई घर फर्किएका छन् । 
 
ब्राजिलमा ३ लाख ३९ हजार ६८७ संक्रमित भएकोमा २१ हजार ५७९ को मृत्यु भएको छ । रसियामा ३ लाख ३५ हजार ८८२ संक्रमित रहेका छन् भने ३३८८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ८१ हजार ९०४ जना संक्रमित भएकोमा २८ हजार ६२८ जनाको मृत्यु भएको छ । 
 
युकेमा २ लाख ५७ हजार १५४ जना संक्रमित भएकोमा ३६ हजार ६७५ ले ज्यान गुमाएका छन् । यस्तै, इटालीमा २ लाख २९ हजार ३२७ जना बिरामी रहेकोमा ३२ हजार ७३५ को ज्यान गएको छ ।   
 
फ्रान्समा १ लाख ८२ हजार २१९ संक्रमित छन् भने २८ हजार २८९ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ७९ हजार ७६८ जना संक्रमित भएकोमा ८३५४ जनाको मृत्यु भएको छ ।  
 
टर्कीमा १ लाख ५४ हजार ५०० जना संक्रमित भएकोमा ४२७६ जनाको ज्यान गएको छ । इरानमा १ लाख ३३ हजार ५२१ संक्रमित छन् भने ७३५९ को मृत्यु भएको छ । भारतमा १ लाख ३० हजार ८५९ जना संक्रमित भएकोमा ३८६० जनाको मृत्यु भएको छ ।
 
पेरुमा १ लाख ११ हजार ६९८ बिरामी रहेकोमा ३२४४ जनाको निधन भएको छ । यस्तै, चीनमा ८२ हजार ९७१ संक्रमित रहेकोमा ४६३४ जनाको मृत्यु भएको छ । क्यानडामा ८२ हजार ८९२ जना संक्रमित भएकोमा ६२७७ ले ज्यान गुमाएका छन् । 
 
यसैगरी, बेल्जियममा ९२३७, मेक्सिकोमा ६९८९, नेदरल्याण्ड्समा ५८११, इक्वेडरमा ३०५६, पोर्चुगलमा १३०२, स्वीट्जरल्याण्डमा १९०५, स्वीडेनमा ३९९२, आयरल्याण्डमा १६०४ जनाको मृत्यु भएको छ । 
 
नेपालमा शनिबार रातिसम्म ५९१ जना संक्रमित रहेका छन् । शनिबारमात्रै ७५ जनामा कोरोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७० जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन लागू गरेको छ । एजेन्सीहरुको सहयोगमा