आखिर यो शरीर! रैछ एकै मुठी शासमा..!!
प्रकृति पनि के रमायो होला खै विनाशमा..!!
यो समय आमा र प्रियाका लागि कस्टकर छ,
मुटुका टुक्राहरु के गर्दै होलान? प्रवाशमा ..!!
राजा न प्रजा समयले-सबलाई कैदी बनायो,
तै छाड्दैनन् मानिस पिजॅडाको चरी आकाशमा..!!
प्रकृति र विज्ञानको घमाशान युद्द चलिरहेछ,
डर-कतै प्रकृतिले शास नफेरिदेला यो त्राशमा..!!
मैले-ढुगांका मूर्तीहरू पुज्न आजै छाडिदिए,
डाक्टरले जिन्दगी-बचाइदेलान् भन्ने आशमा..!!
जित्नु छ हाम्ले एकजुट हुनुको विकल्प छैन,
राजनीति नगरियोस् कतै मृतकका लाशमा..!!
प्रतिक्रिया