मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौंथो संस्करण स्थगन

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौंथो संस्करण स्थगन


वासिङ्गटन डिसी । नेपाल-अमेरिका फिल्म सोसाइटीले २०२० जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौंथो संस्करण स्थगन गरेको छ । 
 
नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरुको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको छ । आवेदनका क्रममा चलचित्रकर्मीहरुले तिरेको सम्पूर्ण शुल्कहरु पनि फिर्ता गरिएको छ । 
 
अन्तिम तयारीमा रहेको अन्तर्राष्ट्रिय महोत्सव कोरोना संक्रमणले गर्दा विश्वव्यापी स्वास्थ्य संकट थप अनिश्चित बन्दै गएकोले स्थगन गर्नु परेको हो । कोरोना भाइरसको महामारीकै कारण महोत्सव आयोजना हुने म्यारिल्याण्डलगायत संयुक्त राज्य अमेरिकाका प्रायः सबै राज्यहरुमा संकटकाल घोषाणा गरिएको छ ।  
 
यस वर्षको महोत्सव स्थगित भए पनि केही भर्चुअल कार्यक्रमहरु गरिने योजना रहेको छ । कोरोना संक्रमणको संकट सामान्य बन्दै गएपछि चलचित्र महोत्सव २०२१ को घोषणा र अन्य चलचित्रसम्बन्धी वार्षिक कार्यक्रमहरु घोषणा गरिने छ । सोसाइटीको फेसबुक पेजमा यी कार्यक्रमहरुका बारेमा निरन्तर जानकारी राखिने छ । 
 
मेरिल्याण्डको एएफआइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रिगल सिनेमा ह्याट्सभिल आयोजना हुँदै आएको महोत्सव अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मञ्चको रुपमा स्थापित हुँदै आएको छ । 
 
यस महोत्सवका लागि आवेदन दिने नेपाल र अमेरिकालगायत विश्वका सबै चलचित्रकर्मीहरुप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ । महोत्सवलाई निरन्तर सहयोग पुर्‍याउने स्वयंंसेवक, प्रायोजक, चन्दादाता, स्थानीय संघसंस्था सबैप्रति हार्दिक आभार प्रकट गरिएको छ । साथै, सहयोग र माया आगामी वर्ष पनि निरन्तर पाउने अपेक्षा गर्दै सबैलाई स्वस्थ र सुरक्षित रहन कामना गरिएको छ ।