मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

ज्यान जोखिममा राख्दै न्युयोर्कका नेपाली कोरोनाको संक्रमणमा सेवा दिदै

ज्यान जोखिममा राख्दै न्युयोर्कका नेपाली कोरोनाको संक्रमणमा सेवा दिदै


न्युयोर्क(अमेरिक)-  हिजो आज न्युयोर्क सहर सुनसान छ बाहिर चहल पहल पटक्कै छैन, सधैँ भिडभाड भईरहने र कहिल्यै नसुत्ने सहर अहिले केही समय देखि निदाईरहेको छ । मान्छेहरू घरभित्रबाट बाहिर निस्कन डराईरहेका छन् तर केही यस्ता नेपालीहरू छन् जुन बिरामी भएर घर बसेका नेपाली हुन या उमेरले डाढा काटेर बाहिर जान नसक्नेहरुलाई औषधी होस या दैनिक आवश्यक सामाग्रीहरू घर घरमा पुराउँदै सेवा गर्दे आएका छन् ।
 
बिहानै सूर्यको किरण नउदाउँदै कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह न्युयोर्क टिमको दिनचर्या भने यति बेला फेरिएको छ । घरबाटै निस्कन डरमानीरहेको यो अवस्थामा उनीहरू भने दिनप्रतिदिन  बिहान देखि बेलुका सम्म यही सामाजिक कार्यमा नै व्यस्त भईरहने गर्छन् । आफ्नो ज्यान त जोखिम त छँदै छ त्यस माथि उनीहरुसगै निर्भर परिवारलाई पनि जोखिम मोल्दै न्युयोर्कको सहरमा नेपालीहरूको सेवामा खटिएका छन् यी बहादुरी नेपाली ।
 
कोरोना विरुद्ध सचेतना एवं सहयोग समूहका अगुवा आनन्द विष्ट भने हिजो आज सहयोगको चाँजोपाँजो मिलाउन मै अति व्यस्त छन् । हिजो आज उनी यती व्यस्त छनकी कोरोना रोगबाट सङ्क्रमणबाट बिरामी भएकाहरूको सहयोगको लागि उनको फोन पहिलेको तुलनामा तिन कुना बढी आउने गरेको छ ।
 
न्युयोर्क आसपासमा केही भए तुरुन्त खबर आउँछ यो समूहलाई संयोजन  गरी भूमिका खेल्दै आएका आनन्द बिस्टलाई । त्यसपछि त्यो समूहमा न्युयोर्कको विभिन्न ठाउँलाई विभाजन गरिएको छ । जब न्यु योर्क मा कोरोनाको प्रकोप नेपालीहरूमा जब बढ्दै गयो त्यसपछि न्युयोर्कमा रहेका विभिन्न सघं सस्थाँहरुको प्रतिनिधीहरुको समूह समाहित रहेको यो समूहमा न्युयोर्कमा रहेका नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली एकता मञ्च, नेपाली समाज अमेरिका,प्रवासी नेपाली मञ्च, रिजयुट नेपाली सोसाइटी अमेरिका, नेपाल आदिवासी जनजाति महाँसघं अन्तर्गतका बिभिन्न सघं सस्थाँहरु पनि अबद्ध रहेका छन् ।अमेरिका लगायतका सघं, संस्थाहरु रहेका छन् भने आवश्यक सामाग्री विभिन्न व्यक्ति तथा संघ संस्थाहरु बाट प्राप्त हुने गरेको छ । 
 
यही समूहको आग्रहमा नै न्यु योर्क बाहिरबाट पनि टाइलनोल, थर्मामिटर, हेन्ड सेनिटाइजर, मास्क, हेन्ड ग्लोभ्स, एन ९५ मास्क लगायतका सामाग्रीहरू पनि आउने गरेको  छ  भने सम्बन्धित बिरामीहरुसगं पुर्‍याउने तथा सम्बन्धित ठाउँमा लिन पनि आउने गर्छन् । 
 
आफ्नो ज्यानलाई जोखिम मोल्दै यो बेला विष्णु राना मगर होस या पासाङ शेर्पा , आनन्द विष्ट , राप्के छिरिङ लामा, ,सञ्जीव श्रेष्ठ, सतेन्द्र शाह, शिव बानिया, मिलन शाही, राजकुमार विष्ट, टेक गुरुङ , अच्युत सिग्देल, लक्यान लामा, महेश खड्का, अमित सिंह  लगाएता यी बहादुर नेपालीहरू कोरोनासगं पौठाजोरी खेल्दै बिरामीहरूको घरदैलोमा स्वास्थ्य सामाग्री होस या दैनिक उपभोग्य सामाग्री घर सम्म सेवा दिँदै आएका छन् । 
 
दिन रात नभनी रात दिन खटिने यो बहादुर नेपालीहरू नेपालीहरूलाई मात्र होइन तिब्तियन, भुटानी, बगंलादेशी लगायतका व्यक्तिहरूलाई पनि बेला बेलामा सहयोग गर्दे आएका छन् ।
 
 
यस कार्यको संयोजन गर्दे आएका आनन्द विष्टका अनुसार हालसम्म कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह न्यु योर्क न्युजर्सीद्धारा  जम्मा जम्मी गरी पाँच  देखि छ सय सम्मका व्यक्तिहरूलाई सेवा दिएको बताएका छन् ।
 
बिशेषगरी बिरामीहरूले यही समूहका सदस्यहरूलाई फोन गरेर नै आवश्यक सामाग्री मगाउने गर्छन् । चाहे अस्पतालको बेड बाट होस या घर बाटै होस उनीहरूलाई  आवश्यक परेको चीज यो समूहले सहयोगी भूमिका पनि खेल्दै आएको छ । यती बेला न्युयोर्कका अस्पतालहरूमा एन ९५ मास्क अभाव भईरेको बेला माउन्ट साइन अस्पताल न्युयोर्कलाई समेत  एन ९५ मास्क दिएर यो समूहले सहयोग गरेको छ ।
 
यस समूहलाई नेपाल रोटरी क्लब न्यु योर्क, सिटी काउन्सिल न्यु योर्क, सन्जंय थापा, लोक चेम्जोङ्ग, केशवराम राई , उर्गेन शेर्पा लगायतका व्यक्तिहरूले पनि सहयोगी भूमिका खेल्दै आएका छन् ।
 
न्युयोर्कमा अन्य समूह पनि कोरोना पीडितहरूलाई सहयोग गर्दे आएका छन् जस मध्ये एनआरएन अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी , यादव बास्तोला, मनिता गुरुङ तथा अधिकारी मार्फत पनि विभिन्न उपयोगी भिडियो होस या अन्य नेपालीहरूलाई आवश्यक पर्ने अन्य सहयोगी भूमिका पनि खेल्दै आएको छ । 
 
कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह न्युयोर्कले कहीँ कसैलाई केही परेमा सो क्षेत्रका व्यक्तिलाई सम्पर्क  गर्ने  समेत अनुरोध गरेको छ । 
 
Woodside area 
Anand Bista- (917) 415-6267
Shiva Baniya- (917) 864-7038
 
Elmhurst area
Lok Chemjong- (646) 875-6402
 
Rego park/ Forest Hills
Milan K Shahi- 1 (646) ९४५-९६१०
Sanjaya Thapa-1 (917) 703-3195
 
Sunnyside/Astoria
Munindra Nengwang- (646) 379-9641
Tek Gurung -(917) 291-8901
 
Jackson Heights 
Vishnu Rana Magar- (646) 696-5495
 
East Elhmurst 
Passang Sherpa-(347) 607-0749
 
Ridgewood Area
Surya Paudel- 1 (347) 221-9602
 
Brooklyn Area
Rabi K Koirala- 1 (718) 838-4931
 
Corona Area
Rapke Lama      347) 652 3683
 
Jamaica/ Hillside -Area
krishna Lamichane-+1 (646) 657-6599
 
Long Island Area
Mahesh khadka- +1 (516) 262-2345
Bishwa Bastola-    1 (516) 263-9991
Durgesh Karki -1 (646) 704-3348
Narendra Subedi-(516) 547-1828
 
New Jersey
Satendra Shah- 1 (347) 738-7190
Sanjeev Shrestha- (347) 387 4316