मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसको संक्रमणबारे नेपाली समुदाय अमेरिकामा विभिन्न हल्ला

कोरोना भाइरसको संक्रमणबारे नेपाली समुदाय अमेरिकामा विभिन्न हल्ला


अमेरिका -अमेरिकामा अहिलेसम्म नेपाली समुदायका कसैलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक भएको छैन । तर, स्टोर , ग्यांस स्टेशन लगायत विभिन्न क्षेत्रमा अग्रपंक्तिमा नेपाली काम गर्नेको संख्या निकै वढी रहेकाले नेपाली समुदायमा कोरोना संक्रमणको जोमिख भने उच्च छ ।
 
अमेरिकामा अहिलेसम्म करिव २० हजार कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो संख्या दैनिक वढ्दो छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या करिव २५० छ । नेपाली समुदायको बाक्लो वस्ती रहेका अमेरिकाका प्रमुख शहर अहिले कोरोनावाट वढी प्रभावित छन् ।
 
अमेरिकामा पनि नेपाली समुदाय विच कोरोना भाइरसका वारेमा विभिन्न हल्ला चलिरहेका छन् । केही दिनअघि न्यूयोर्कमा एक जना नेपालीलाई कोरोना भाइरस लागेको हल्ला चलेको थियो । तर, ती नेपालीका आफन्तले पछि यो हल्ला सत्य नभएको र अन्य स्वास्थ्य समस्याले ती नेपाली अस्पताल गएको सार्वजनिक गरेका थिए ।
 
न्यूयोर्क नेपाली समुदायको सवैभन्दा ठुलो वस्ती भएको क्षेत्र हो । अमेरिकामा सवैभन्दा वढी कोरोना संक्रमित पनि यही भेटिएका छन् । तर, अहिलेसम्म त्यहां कुनै नेपाली कोरोनावाट संक्रमित भएको समाचार छैन ।
 
तर अमेरिकामा स्वास्थ्य सम्वन्धि समस्या व्यक्तिगत र गोप्य हुन्छन् । परिवारले नभनीकन कसलाई भयो कसलाई भएन त्यो थाहा हुदैंन ।
 
नेपालीको अर्को ठूलो वस्ती रहेको टेक्ससमा पनि कोरोना भाइरसका विषयमा यस्तै हल्लाहरु चलिहेका छन् ।
केही दिन अघि टेक्सस डलासको भारतीय स्टोर पटेल ब्रदर्शका कर्मचारी कोरोना भाइरसवाट संक्रमित भएको हल्ला चलेको थियो । तर, उक्त स्टोरले यो सत्य नभएको दावी गरेको छ ।
 
शनिवार पनि टेक्ससको ग्यांस स्टेशनमा काम गर्ने एकजना युवतीलाई कोरोना भाइरस संक्रमण भेटिएको हल्ला चलेको छ । तर, यो पनि पुष्टि हुन सकेको छैन ।
अमेरिकामा कोराना भाइरसको चेक जांचलाई तिव्रता दिईएको छ । तर, कति नेपाली समुदायले कतिले जांच गरेका छन् यो प्रष्ट छैन । कोरोना भाइरसको संक्रमण छिटो फैलिने भएकाले समुदायमा कसैलाई देखियो भने यो  धेरैमा सर्ने जाखिम भने छ ।
 
कोरोना भाइरसको संक्रमणका वारेमा सचेत हुने विभिन्न संघ संस्था र व्यक्तिले समुदाय भित्र आग्रह गरेपनि चेक जांचलाई भने जोड दिएका छैनन् ।
 
वासिंटन स्थित नेपाली दुतावासले शुक्रवार एक अपिल जारी गर्दै नेपाली समुदायलाई सजग र सतर्क हुन आग्रह गरेको छ ।  
 
नेपाली दुुतावासले कोरोना भाइरस संक्रमणका कारण आएको विशेष परिस्थितिले यात्रा अवरुद्ध भएका नेपालीको समस्या समाधानका लागि पहल भईरहेको पनि जनाएको छ ।
 
राजदुत डा अर्जुन  कुमार कार्की द्धारा शुक्रवार सार्वजनिक अपिलमा नेपाल जान नपाउंदा ओभरस्टे भएकाहरुको समस्या समाधानका लागि पनि कुटनीतिक पहल भईरहेको अपिलमा उल्लेख छ ।
 
नेपाल सरकारले कोरोना संक्रमण हुन नदिन नेपालीलाई समेत नेपाल प्रवेश प्रतिवन्ध लगाएको छ । दुतावासले आकस्मिक सेवा लिनुपरे टेलिफोन र इमेलवाट सम्पर्क गरेर दुतावासमा समय लिन सकिने पनि जनाएको छ । अपिलमा ओभरस्टे हुने समस्या दुतवासमा आईरहेको पनि उल्लेख छ ।
 
केही साता अघि राजदुत कार्कीले टेक्ससमा आयोजित एक सार्वजनिक कार्यक्रममा दुतासावमा टेलिफोन नगर्ने भनेका थिए । उनको यो भनाईको व्यापक आलोचना भएको थियो । 
 
दुतावासले क्षमताले भ्याएसम्म वर्तमान परिस्थितिमा नेपाली समुदायलाई सेवा पुर्याउन दुतावास तत्पर रहेको पनि अपिलमा उल्लेख छ ।