अरबौं मान्छे
सयौं देश छन
एउटा धरा छ!
बहादुर छु भन्छ
भाइरस ले छेक्छ
साह्रै बिचरा छ!
झन माथि उठ्यो
झन त्रसित हुन्छ
चार तिर पहरा छ!
ग्यालेक्सि ताक्यो
चन्द्नमा टेक्यो
धर्तिमा जरा छ!
आकाश खुला
मैदान सफा
मन हरा भरा छ!
आंफ्नै जालमा
अल्झेर आंफै
सकिने खतरा छ!
प्रतिक्रिया