मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ड्यालसमा तीन संस्थाद्वारा संयुक्त होली अायोजना

ड्यालसमा तीन संस्थाद्वारा संयुक्त होली अायोजना


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस) । कोरोना भाइरसका कारण अमेरिकामा जमघट, भेला जस्ता कार्यक्रमहरू स्थगित भएपनि नेपाली समुदायले भने शनिबार हर्षोल्लासका साथ फागुपूर्णिमा (होली) मनाएका छन् । 
 
नेपाली समाज टेक्सस, इन्द्रेणी सांस्कृतिक संघ र पृथ्बी नारायण शाह स्मृति प्रतिष्ठानले संयुक्त रूपमा ग्रेपभाइन लेकमा होली कार्यक्रम अायोजना गरेका थिए । शनिबार दिउँसो १२ बजेबाट सुरू भएको होली सांस्कृतिक कार्यक्रम सहित चार बजे समापन भएको थियो ।
 
कार्यक्रममा बालबालिकाहरूका लागि मनोरञ्जनका लागि विशेष व्यबस्था गरिएको थियो । त्यस्तै नेपाली व्यबसायीहरूले खानाका लागि स्टल समेत राखेर नेपाली परम्परागत खानाबाट सेवा गरेका थिए । 
 
कोरोना भाइरस संक्रमणको भयले यसपटक नेपाली समुदायको सहभागिता विगतका वर्षहरूको तुलनामा पातलो देखिएको सहभागीहरूले बताएका छन् । निकै राम्रो मैासम भएपनि भीडभाडमा जाँदा भाइरस सर्ने डरले धेरै जनाले चाहेर पनि सहभागी हुन नसकेको जनाएका छन् ।
 
अायोजकहरूले ड्यालस क्षेत्रमा कोरोना भाइरसको डर नभएको भन्दै अाश्वस्त बनाउने प्रयास गरेका थिए । सरकारी अधिकारीहरूले समेत भेला, समारोह गर्न कुनै अप्ठेरो नभएको भन्दै अायोजकहरूले सहभागी हुन र रमाइलो होली मनाउन अाग्रह गरेका थिए । तर भाइरसको के भर हुन्छ र भन्ने डरले नेपाली समुदाय पहिले जसरी सहभागी हुन सकेनन् ।
 
कोरोना भाइरसका कारण ड्यालस फोर्टवर्थ क्षेत्रको युलेसमा यो सप्ताहन्तका लागि घोषणा गरिएका दुइवटा होली कार्यक्रम रध्द भएका छन् । 
 
शनिबार अायोजित होलीमा जे जतिको सहभागिता थियो सबैले हर्षोल्लासले होली मनाएका छन् । विगतमा ड्यालसमा विभिन्न संस्थाहरूले अलग अलग रूपमा होली मनाउने गरेकोमा दुइ वर्षदेखि नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले संयुक्त रूपमा कार्यक्रमहरू गर्दै अाएका छन् । यसलाइ समाजमा असल सुरूवातका रूपमा स्विकार गरिएको छ ।