मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट चीनमा एक हजार ७७७ जनाको मृत्यु

कोरोना भाइरसबाट चीनमा एक हजार ७७७ जनाको मृत्यु


उहान । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० बढी व्यक्तिको मृत्यु भएको छ । 
 
यद्यपि यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभर २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा फैलिएको बताइएको छ । 
 
गत डिसेम्बरबाट सुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । 
 
चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि एक हजार ७७७ जनाको ज्यान गएको छ ।
 
वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
 
यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।  
 
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरुले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरुले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
 
आइतबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा करिब ६५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । 
 
भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । सिन्ह्वा / एपी