मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकार पौडेललाई ब्लड क्यान्सर

पत्रकार पौडेललाई ब्लड क्यान्सर


काठमाडौँ (नेपाल) । झण्डै अढाइ दशकदेखि पत्रकारितामा कृयाशील कमल पौडेललाइ ब्लड क्यान्सरको संकेत देखिएको छ । 
 
डेढ दशकसम्म राजधानीमा रहेर पत्रकारिता र अध्यापनमा संलग्न पौडेल ८ वर्षदेखि गृहनगर बिराटनगरमा कृयाशील थिए । बिराटनगरस्थित मकालु टेलिभिजनमा समाचार सम्पादकका साथै स्थानीय कलेजमा पत्रकारिताको अध्यापन पनि गराउँदैछन् । 
 
विभिन्न साप्ताहिक पत्रिकाहरू हुँदै नेपाल समाचारपत्रमा लामो समय काम गरेका पौडेलको उपचारमा सहयोग गर्ने उद्वेश्यले अमेरिकामा कृयाशील नेपाली पत्रकारहरूले गोफण्ड खाता खोलेर सहयोग संकलन सुरू गरेका छन् । त्यसमा पहिलो दिननै १ हजार ५ सय ६६ डलर उठेको सहयोग संकलन अभियानको नेतृत्वकर्ता किशोर सापकोटाले जानकारी दिए । 
 
सापकोटा र पौडेल नेपाल समाचारपत्रमा कार्यरत छँदाका सहकर्मी हुन् । हाल सापकोटा अमेरिकी राज्य केन्टकीको लुइभील बस्दै अएका छन् । सापकोटाका अनुसार २० हजार डलर उठाउने लक्ष्यका साथ वनाइएको गोफन्डमीमा फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिने छ ।
 
व्लड क्यान्सरको उपचारको लागि अहिले पत्रकार पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उहाँको उपचारका लागि करिव ३० लाख रुपियाँ खर्च हुने अस्पतालले जताएको छ ।